सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ, अमेरिकि राष्ट्रपति ट्रम्पको नालिबेली

धेरै अघि, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको प्रत्यासी हुनु अघि, उनी अमेरिकाका एकदमै चर्चित र रँगिलो मिजासका अर्बपति थिए । एकताका असम्भव ठानिएको यात्रा तय गरेर उनी अहिले अमेरिकाको राष्ट्रपति भएका छन् ।

आप्रवासीको मुद्दा र अस्वाभाविक चुनाव प्रचारप्रसारको शैलीका कारण मात्रै होइन उनको आफ्नै विवादास्पद विगतका कारण पनि उनको उम्मेद्वारीलाई शंकाभावले हेरिएको थियो । तर ७० वर्षीय व्यापारीले रिपब्लिकन पार्टि तर्फको उम्मेदवारीको प्रारम्भिक दौडमा अनुभवी राजनीतिज्ञहरुलाई हराएर सबै पूर्वानुमानहरु तोडे ।

त्यसपछि उनले एक कदम अगाडि बढेर डेमोक्रेटिक पार्टि तर्फकी प्रत्यासी हिलारी क्लिन्टनसँगको अहिलेसम्म देखिएको एउटा सबैभन्दा विभाजित र विवादित प्रतिस्पर्धा भएको राष्ट्रपतीय चुनाव जिते ।

प्रारम्भिक जीवन
न्यूयोर्कका घरजग्गा कारोबारका शक्तिशाली उद्योगपति फ्रेड ट्रम्पका डोनाल्ड चौथो सन्तान हुन् । परिवार धनी भएपनि उनले आफ्नो पिताको कम्पनीमा तल्लो तहमा काम गर्नुपर्थ्यो । स्कूलमा खराब व्यवहार गरेका कारण १३ वर्षको उमेरमा उनलाई सैनिक विद्यालयमा पठाइएको थियो ।

उनले पेन्सिल्भानिया विश्वविद्यालयको ह्वार्टन स्कूलमा पढेका थिए । जेठा दाजु फ्रेडले पाइलट बन्ने इच्छा देखाएपछि, पिताको विरासत सम्हाल्ने सम्भावित उत्तराधिकारीमध्ये डोनाल्ड अग्रपंक्तिमा आइपुगे । अत्यधिक मदिरा सेवनका कारण दाजु फ्रेड ट्रम्प जुनयरको ४३ वर्षको उमेरमै निधन भएको थियो ।

सो घटनाका कारण ट्रम्पले मदिरा र चुरोटबाट जीवनभर आफुलाई टाढा राखेको उनका भाइले बताएका छन् । डोनाल्ड ट्रम्पले आफ्नो पिताको कम्पनीमा काम गर्नुअघि पितासँग १० लाख डलर ऋण लिएर घरजग्गाको काम थालेको थिए ।

ट्रम्पले सन् १९७१ मा बुवाको कम्पनी आफ्नो मातहतमा लिएर ‘ट्रम्प अर्गनाइजेसन’ को नाम दिनु अघि आफ्ना पिताको न्यूयोर्कस्थित थुप्रै आवासीय परियोजनाहरुलाई व्यवस्थित गर्न मद्दत गरेका थिए । उनका पिताको सन् १९९९ मा निधन भएको थियो । ट्रम्प आफ्ना पितालाई आफ्नो प्रेरणा मान्छन् ।

व्यापारका बादशाह
ट्रम्पले आफ्नो परिवारको ब्रुकलिन र क्विन्सस्थित आवासीय परियोजनालाई महंगो म्यानह्याटनमा फैलाए । उनले बन्द हुने अवस्थामा पुगेको कोमोडोर होटललाई ग्रान्ड हायातमा रुपान्तर गरेका थिए र म्यानह्याटनको मुटुमा रहेको फिफ्थ एभेन्यूमा ६८ तल्लाको चर्चित ट्रम्प टावर बनाएका थिए ।

उनका अन्य चर्चित सम्पतिहरुमा ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टरन्यासनल होटल र अरु थुप्रै छन् । मुम्बई, इस्तानबुल र फिलिपिन्समा पनि ट्रम्प टावरहरु छन् । ट्रम्पले मनोरञ्जन व्यवसायमा पनि आफ्नो साम्राज्य बनाएका छन् ।

सन् १९९६ देखि सन् २०१५ सम्म उनी मिस युनिभर्स, मिस यूएसए तथा मिस टिन यूएसए जस्ता सुन्दरी प्रतियोगिताका मालिक थिए । सन् २००३ मा उनले द एप्रेनटीस नामको रियालिटि शो कार्यक्रम एनबिसी टेलिभिजनमा चलाएका थिए, जसमा प्रतियोगीहरुले ट्रम्प संगठनमा व्यवस्थापन तहको जागिरका लागि प्रतिस्पर्धा गर्थे ।

उनले उक्त कार्यक्रम १४ श्रृंखलासम्म चलाएका थिए र वित्तिय विवरणमा उनलाई उक्त टेलिभिजन नेटवर्कले कार्यक्रम चलाए वापत २१ करोड डलर भन्दा धेरै तिरेको उल्लेख छ । उनले थुप्रै कितावहरु पनि लेखेका छन् ।

उनी गलामा लगाउने टाइदेखि पानीका बोटलहरु बनाउने उद्योगसम्मका मालिक हुन । फोब्र्स पत्रिकाका अनुसार उनीसँग कुल ३.७ अर्ब डलर सम्पत्ति छ । तर ट्रम्प स्वयंले भने आफूसँग १० अर्ब डलर रहेको बताउँदै आएका छन् ।

पिता र पति
ट्रम्पले तीन पटकसम्म विवाह गरेका छन् । यद्यपि उनको सबैभन्दा चर्चित श्रीमती, पहिली, इभाना जेलनिकोभा हुन । जो एक खेलाडी र मोडल हुन् । उनीसँग ट्रम्पले सन् १९९० मा पारपाचुके गर्नुअघि जन्मिएका डोनाल्ड जुनिएर, इभान्का र इरिक गरि तीन सन्तान भए ।

पारपाचुकेका क्रममा अदालतको लडाईँबारे पत्रपत्रिकाहरुमा थुप्रै खबरहरु आउने गथ्र्यो । त्यस्ता खबरहरुमा ट्रम्पले श्रीमती इभानामाथि दुव्र्यवहार गरेको आरोपहरु लगाइएको थियो तर पछि उनले त्यस्ता आरोपहरुलाई कम महत्व दिइन ।

डोनाल्ड ट्रम्प सन् १९८९ मा पहिलो श्रीमति जेलनोकिभासँग

ट्रम्पले सन् १९९३ मा नायिका मार्ला म्यापल्ससँग विवाह गरे । उनीहरुले सन १९९९ मा पारपाचुके गर्नुअघि, उनीहरुबाट टिफानी नाम गरेकी एक छोरी जन्मिएकी थिइन । ट्रम्पको अहिलेकी श्रीमती मेलानिया नर्स हुन, जोसँग ट्रम्पले सन् २००५ मा विवाह गरेका थिए ।

मेलानिया नर्ससँगै एक मोडल पनि हुन, जसबाट उनीहरुको ब्यारन विलियम नामका एक छोरा छन । पहिलो श्रीमतीबाट जन्मिएका सन्तानले अहिले ट्रम्प अर्गनाइजेसन चलाउन मद्दत गरिरहेका छन । यद्यपि उक्त संगठनकको प्रमुख कार्यकारी उनी नै छन ।

राजनीतिक उडान
ट्रम्पले सन् १९८७ मै अमेरिकी राष्ट्रपतिको दौडमा उत्रने इच्छा देखाएका थिए । सन् २००० मा उनले रिफर्म पार्टीको उम्मेदवारको रुपमा चुनावी दौडमा प्रवेश पनि गरेका थिए ।

सन् २००८ मा उनी ‘बर्थर’ आन्दोलनका एक जना मुख्य सदस्य बनेका थिए, जुन आन्दोलनले बाराक ओबामा अमेरिकामै जन्मिएका हुन् कि होइनन् भन्ने प्रश्न उठाएको थियो । पछी त्यस्ता दाबीहरु पूर्ण रुपमा गलत सावित भए ।

ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा आफ्ना ती दाबीहरुमा सत्यता नभएको स्वीकारेका थिए । तर उनले त्यसबारे माफी भने मागेनन । सन् २०१५ को जुन महिनामा मात्र ट्रम्पले औपचारिक रुपमा आफू ह्वाइट हाउसको दौडमा प्रवेश गरेको घोषणा गरेका थिए ।

उनले आफू चुनावी दौडमा उत्रने घोषणा गर्दै देशलाई फेरि महान् बनाउनका लागि कोही एकजना आवश्यक रहेको र त्यो आफूले गर्नसक्ने बताएका थिए ।

अमेरिकालाई फेरि महान् बनाऊ भन्ने ब्यानर अन्तर्गत उनले अमेरिकाको अर्थतन्त्रलाई सुदृढ बनाउने, मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने, आप्रवासी मुसलमानहरुको प्रवेशमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने जस्ता टिप्पणी गरेका थिए ।

उनको चुनावी अभियानको विरोधमा व्यापक रुपमा प्रदर्शन भए पनि र रिपब्लिकन तर्फका प्रत्यासीहरु टेड क्रुज र मार्को रुबियोले कडा टक्कर दिए पनि ट्रम्पले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वारी जितिछाडे ।

विजेता राष्ट्रपति
राष्ट्रपति पदका लागि भएको चुनावी अभियान निकै विवादास्पद बनेको थियो । सन् २००५ ताका उनले महिलाहरुबारे व्यक्त गरेका भद्दा टिप्पणीदेखि उनकै पार्टीका सदस्यहरुले उनी ह्वाइट हाउसका लागि उचित नहुनेसम्मका प्रतिक्रियाहरु दिएका कारण उनी विवादित बनिरहे ।

तर उनले निरन्तर रुपमा डेमोक्रेटिक तर्फकी हिलारी क्लिन्टनले जित्ने भनी देखाइएका मत सर्वेक्षणलाई चुनौति दिएका थिए । आफ्नो जितले राजनीतिक संस्थापनलाई धक्का दिने उनले निरन्तर बताउँदै आए ।

ट्रम्प निर्वाचनताका परिवारसँग सन २०१५ मा

मतदानको दिन नजिकिँदै गर्दा धेरै जानकार र पण्डितहरुले भन्दै आएको भन्दा विपरीत हुन गयो । उनकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको इमेल प्रयोगबारे संघीय जाँच ब्यूरोको अनुसन्धानबारे पटकपटक उब्जिएको विवादले ट्रम्पको चुनावी अभियानलाई मद्दत पु¥याएको थियो ।

उनको शानदार जितले निम्त्याएको आश्चर्यलाई सबै अमेरिकिले विस्तारै ग्रहण गर्दै गर्दा उनका समर्थकहरुले भने उनलाई राष्ट्रपति कार्यालयमा देख्ने अवसर पाए, जहाँ उनी र राष्ट्रपति ओबामाले चुनावको दुई दिनपछि सत्ता हस्तान्तरणबारे वार्ता गरे ।

उनी अमेरिकाको पहिलो त्यस्ता राष्ट्रपति हुन, जसले पहिला न कुनै निर्वाचित पद ग्रहण गरेका थिए न सेनामा नै सेवा गरेका थिए । यसको अर्थ हो, उनले सन् २०१७ को जनवरी २० मा अमेरिकाको ४५ औं राष्ट्रपति हुनु पहिला नै इतिहास बनाइसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्