सुन तस्करीमा गृह र अर्थमन्त्रालयलाई आरोप
एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले पछिल्लो समय सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् । उनले भने–‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाट यो काम हुनै सक्दैन् ।’
नेता महासेठले सुन तस्करीबारे छानबिन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माग गरेका छन । महासेठले भने–‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्छ ।’ गृहमन्त्रालय अन्र्तगत भैरहेको छानविनलाई उनले नाटकमात्रै भएको बताएका छन ।
त्यस्तै, उनले संविधान संशोधन विधेयक कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरेका छन । उनले स्वतन्त्र सांसदहरुसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदार र कमल थापाको पार्टी जम्मा हुँदापनि प्रस्ताव पास हुन सम्भव नुहने बताए ।
उनले संविधान संशोधन विधेयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर गरेका छन । ‘अब जसरी पनि पु¥याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन’ उनले भने– ‘सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्