‘माकुराको जालोमा झिँगा पर्छ’ एमाले पर्दैन; ओली
प्रधानमन्त्रीजी जानकारी गराउन आउनुभएको रहेछ । उहाँहरुले गरेको सहमतिको हामीसँग परामर्श भएको छैन । हामी हेर्छौं, अध्ययन गर्छौं । समर्थन गर्न लायक कतै भेटियो भने समर्थन गर्छौं । विरोध गर्न लायक, प्रक्रियामा जान दिन मिल्नेसम्म देखियो भने त्यसमा जान दिन्छौं ।
देशलाई गम्भीररुपमा अहितै गर्न खोजिएको र संविधान कार्यान्वयन गर्नुपर्ने ठाउँमा संविधानै भाँचकुच गर्न खोजिएको पाइयो भने त्यसमा हामीले रोकावट गर्नुपर्ने हुन्छ । मौखिकरुपमा सुनेर के गर्ने, हेरौं कागजपत्र ।
कस्तो संशोधन गर्ने ? जे ल्याए पनि समर्थन गर्छौं भनेको थियो र कहिल्यै ? होइन । उहाँहरुले अघिल्लो संविधान संशोधनको प्रस्ताव गलत, अनुपयुक्त ल्याउनुभएको थियो । हामीले धेरै समय भन्यौं । अलि समय जिद्दी गर्नु भो । पछि गलतै रहेछ, यो हामी फिर्ता लिन्छौं भन्नुभो ।
फिर्ता लिएर राम्रै गर्नुभो । अब अहिले कस्तो ल्याएको छ, हेर्नुपर्छ । त्यो हेर्नुपर्छ । स्थानीय तहको संख्या कहाँ बढाउने भनेको छ, किन बढाउने ? कसले माग र्गयो, कसले जिद्दी र्गयो ।
हामी चुनावको पक्षमा छौं । तर, जेठ १५ गते बजेट जारी हुन्छ, अनि हप्ता १५ दिनपछि चुनाव गर्ने । त्यो बीचमा चाहिँ चुनाव प्रचारका लागि बजेटमा थुप्रै कुराहरु राख्ने प्रचारका कुरा, अनि त्यही कुरा लिएर चुनावमा जाने जस्ता कुराहरु चाहिँ स्वीकार्य हुँदैनन् ।
हीन ग्रन्थीबाट एमाले चल्दैन । कमजोर मनोग्रन्थीबाट चल्दैन । यसो भन्लान् कि, उसो भन्लान् कि ? हामी देशको हितका निम्ति, देशको हितको पक्षमा दृढताका साथ उभिन्छौं । एमाले त्यस्तो अप्ठ्यारोमा र्पयो भन्ने हुन्छ नि, यसो जालसाजी दुईटा कुरा, त्यस्ता कुराहरुको धरापमा एमाले पर्दैन ।
माकुराको जालोमा झिँगामात्रै पर्छ । तर, एउटा के भने हामी सशंकित छौं । किन सशंकित छौं भने उहाँहरुले हामीसँग विषयमा दफावार किन छलफल गर्न आँट गर्नुभएन ?
फेसबुकबाट कमेन्ट गर्नुहोस्