सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्व डेपुटी कमाण्डर जनार्दन शर्मा गृहमन्त्री

नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले अनावश्यक वक्तव्य दिन वा अनावश्यक अन्तरवार्ता दिँदै हिँड्न रोक लगाएका छन् । साथै उनले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री शर्माले भने–‘सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनर्संरचना गरिनेछ ।’

उनले अघि भने–‘पत्रिकाबाजी गर्ने, वक्तव्य दिने वा अनावश्यक अन्तरवार्ता दिँदै हिड्ने कुरा बन्द गरिनेछ ।’ सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ सुदृढ गरिने तथा जनता र सिपाहीबाट हुने मूल्यांकनलाई सही मानिने बताएका छन । साथै उनले केही दिनमा नै आफ्नो नयाँ योजना ल्याउने बताए ।

नवनियुक्त गृहमन्त्री शर्माले स्थानीय तहको दोस्रो चरणको चुनाव पहिलो चरण भन्दा पनि प्रभावकारी र निश्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन् । गृहमन्त्री शर्मा जनयुद्धकालमा माओवादी लडाकूका डेपुटी कमाण्डर थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्