सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुममा जनसत्ता ब्युँझाउने माओवादी तयारी

स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् ।

कुनुनले तत्कालीन जनसत्ताको लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन् ।

हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ ।

बाँफीकोट र सानीभेरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकबाटै जनसत्ताका लिखत व्युँताउने निर्णय गरेका हुन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्