सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चुनाव चिन्ह अंकित झोला, टि–सर्ट, टोपी नबाँड्नु

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भएको बताएको छ ।

आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान वितरण नगर्न दल र उम्मेद्वारहरुलाई भनेको छ ।

साथै सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई यसबारे अनुगमन गर्न भनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्