सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दैलेखको आठबीसमा बस दुर्घटना, ११ जनाको मृत्यु

कर्णाली राजमार्ग अन्र्तगत पर्ने दैलेखको आठवीस नगरपालिका–४ को नैनलदेव मन्दिर नजिक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जनाको घटनास्थलमा नै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका पञ्चदेवल नगरपालिका ९ का ३१ वर्षीय शिव नेपाली, उनकी छोरी १० वर्षीया रूपा, तुर्माखान गाउँपालिका ३ का २५ वर्षीय धिरेन्द्र बिसी रहेका छन ।

त्यस्तै कालिकोटको रास्कोट नगरपालिका ७ का ४० वर्षीय युवराज शाही, वडा नम्बर ५ का २५ वर्षीय धर्मराज शाही, २३ वर्षीय वर्षीय प्रकाश शाही, वडा नं. ६ की २१ वर्षीया कविता शाही र शान्ति त्रिवेणी गाउँपालिका ५ का २५ वर्षीय प्रकाश शाही रहेका छन् ।

तीन जनाको सनाखत हुन सकेको छैन । उनीहरू मध्ये दुई महिला र एक पुरूष रहेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिएका छन । दुर्घटनामा घाइते भएका १४ जनालाई एम्बुलेन्स र बसबाट नेपालगञ्ज पठाइएको छ ।

दुई जना भने सामान्य घाइते छन् । उनीहरूको दैलेखमै उपचार गरिएको छ । अशोक बोगटी भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । बस सडकबाट करिब २/३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS