सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यस्तो रहेछ, देउवा बालुवाटार नसर्नुको कारण

ज्योतिष विद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि निजी निवास छाडेर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् ।

वरिष्ठ ज्यातिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन् । ‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गते मात्रै शुभ मुहूर्त छ,’ न्यौपानेले भने, ‘४ दिन बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS