सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कैलाली हत्याकाण्डका नाईकेलाई १ करोड ७४ लाख

थरुहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य योजनाकार भनिएका आरोपितलाई सरकारले उल्टो पिडित भन्दै ‘क्षतिपूर्ति’ रकम बाँडेको छ ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भएको भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरीले पनि ५० लाख १२ हजार आठ सय रुपैयाँ पाएका छन् ।

मन्त्रीपरिषदले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्