सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

चुनावमा बुलेटप्रुफ ज्याकेट लगाएँः माधव नेपाल

नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रफ ज्याकेट लगाएर हिँडेको रहस्योद्घाटन गरेका छन । गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योद्घाटन गरेका हुन् ।

‘द्वन्द्वकालमा मलाई पूर्वआईजीपी अच्यूतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ नेपालले भने, ‘माओवादीले कतिखेर कसलाई के गर्छन, के भन्न सकिन्छ भन्ने स्थिति भएकाले मैले भित्रपट्टी त्यो ज्याकेट लगाएर हिड्न थालेँ । २०६४ को चुनावमा आफ्नो निर्वाचन क्षेत्र डुल्दासमेत मैले त्यो ज्याकेट लगाएको थिएँ ।’

नेता नेपालले माओवादीको अराजक गतिविधिकै कारण समाजमा आलोचित हुँदै गएको पनि बताए । ‘उनीहरूलाई कसैले सिध्याएको होइन । आफैं सकिँदै गएका हुन,’ उनले भने, ‘अघिल्लो चुनावसम्म माओवादीको हाउभाउ र रवैया कस्तो थियो ? तर अहिले खुम्चदै जानु परेको छ । राजनीतिमा धेरै घमण्ड गर्नेहरू र मेरो गोरूको बाह्रै टक्का गर्नेहरू लामो समय टिक्न सक्दैनन् । त्यसैले कसैले पनि घमण्ड गर्नुहुन्न ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS