सेना अलर्टमा, बिखण्डनकारी सलबलाएको निश्कर्ष
नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ ।
केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको उल्लेख गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सह्य नभएको बताएका हुन ।
सेनाले राजनीतिक मागहरु राजनीतिक तहबाटै हल हुनपर्ने समेत प्रष्ट पारेका छन ।
मधेसमा सीके राउत लगायतका केही बिखण्डनकारीले मुलुकको अखण्डतामा आँच पुर्याउन खोजिरहेका बेला प्रधानसेनापति क्षेत्रीको यस्तो अभिव्यक्ति आएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्