सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सरकारीमा निजी नम्बर प्लेट राख्दै हुईँक्याउँदै

सुरक्षाको कारण देखाउँदै सयौं सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग के भएको छ भन्नेबारे कुनै पनि निकायले अनुगमन गरेको छैन ।

गृह मन्त्रालयले एक वर्षयता दुई सयभन्दा बढी सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ । संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन् । सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट राख्ने अनुमति दिएको हो ।

द्वन्दकालमा सरकारका उच्च अधिकारीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो । शान्ति स्थापना भई संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी प्लेट राखेर गाडी चलाउन छाडेका छैनन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्