सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राजतन्त्र नहुँदा भारतले नेपाललाई हेप्योः सीपि

नेकपा मालेका महासचिव सीपी मैनालीले संविधान संशोधनले पूर्णता नपाउने दाबी गरेका छन । उनले मधेसको मागको नाममा गर्न लागिएको संशोधन मुलुकका लागि घातक भएको पनि प्रष्ट पारेका छन ।

मैनालीले नेपालमा राजतन्त्रलाई विगतमा विकास विरोधी मानिए पनि त्यो गलत भएको र भारत नै नैपालको विकास विरोधी भएको जिकिर समेत गरेका छन ।

भक्तपुरमा पार्टीको जनसभालाई सम्बोधन गर्दै महासचिव मैनालीले सत्ताधारी दलहरुले ल्याएको संविधान संशोधन राष्ट्रघाति साबित भइसकेकाले संसदमा बढ्दो जनमतकै कारण संशोधन प्रस्ताव असफल हुने बताएका छन ।

नेपालको अस्थिरता र गरीबीमा सधैं रमाउने भारतले नेपालको संबिधान संशोधन गरि लाभ लिने खेलमा बिगत देखि नै लागेको र त्यसको प्रत्यक्ष गोटी प्रधानमन्त्री पुष्पकमल दाहाल बनेको भन्दै मैनालीले नेपाल र नेपालीको लागि घातक सावित हुने संविधान संशोधनले नेपाललाई सिक्किमीकरण तर्फ लाँदै गरेको जिकिर गरेका छन ।

उहाँले भारत हरेक हिसाबले नेपालको बिकासको बाधक बनेको आरोप पनि लगाएका छन । महासचिव मैनालीले नेपालमा आफ्नो एकाधिकार कायम राख्न कष्मेटिक रुपमा केही गरे जस्तो गरेर चीनसँग भएको पारवहन सम्झौता बिफल बनाउन भारतिय संयन्त्र सक्रिय रहेको बताएका छन ।

विगतमा नेपाली राजसंस्था नेपालको बिकासको बाधक भन्ने बिषय नेपाली जनआन्दोलन अघि उठ्ने गरेता पनि त्यसो नभएको भन्दै मैनालीले संविधान जारी पश्चात भारतले आफ्नो लाभ सिद्ध नभएपछि नेपालमा गरेको नाकाबन्दीले राजसंस्था नभएर भारत नेपालको बिकास बिरोधी भएको र नेपाललाई आफ्नो अनुकुल प्रयोगको थलो बनाएको बताए ।

मैनालीले केही जातीय दलहरु र तराईबादी दलहरुको संकिर्ण राजनीति सोचकै कारण भारतले नेपालको संबिधान संशोधनमा चलखेल गर्ने वातावरण झनै मजबुद भएको भन्दै जातीयता र क्षेत्रीयताको राजनीतिको अन्त्य गरिनु पर्ने बताएका छन ।

प्रधानमन्त्री दाहालले अन्र्तराष्ट्रिय मामलामा नेपाल भारतको पक्षमा उभिने सहमति गर्नु नेपालको सार्वभौमिकता बिपरित रहेको र यसले नेपाल र नेपालीको स्वाभिमानमा प्रश्न उठाएको पनि बताएका छन ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS