सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

माओवादी केन्द्रको चुनावी र्यालीमा बम बिस्फोट

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा माओवादीको चुनावी र्यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागी बुटवल लगिएको छ । सुनवल नगरपालिका–३ मा पर्ने सोमनाथ खोलाको पुल नजिक बम विष्फोट भएको हो । पुल छेउको ढुंगामा लुकाएर राखिएको बम पड्किएको र र्यालीमा प्रयोग गरिएको बसको सिसा फुटेर कार्यकर्ताहरु घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाली कांग्रेसको चुनावी र्याली सकिएपछि माओवादीको र्याली आएको बेला बम पड्किएको थियो । माओवादीको र्याली भन्दा पछाडि एमालेको र्याली थियो ।

स्थानीय प्रशासनले ३ जना घाइते भएको जानकारी दिए पनि माओवादीले भने आफ्ना ६ जना कार्यकर्ता घाइते भएको जनाएको छ । बम कसले राखेको हो भन्ने खुलेको छैन ।

यसअघि उम्मेद्वारी दर्ताको दिन कपिलवस्तुको वाणगंगामा पनि बम विष्फोट भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्