सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मतदान भयो

दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको निर्वाचनमा मतदान गर्ने कार्य ५ बजेबाट सकिएको छ । मतदान कार्य सकिए पनि निर्वाचन आयोगमा दिउँसो ३ बजेसम्मको मतदानको प्रारम्भिक तथ्यांक मात्र आईपुगेको छ ।

दिउँसो ३ बजेसम्म करिव ६२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । पुर्ण विवरण आउन केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ ।

यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ । विहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच बजेसम्म जारी रहने छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्