सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दाङमा दाईको नामबाट भोट हाल्न खोज्ने पक्राउ

दाङ देउखुरीको गढवा गाउँपालिका–४ स्थित दिपेन्द्र आधारभुत विद्यालय पर्सेनी केन्द्रबाट एक नक्कली मतदाता पक्राउ परेका छन् । दाजुको नामबाट भोट हाल्न खोज्ने राहत अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

राहत अली दाजु अहमद राज अलीको नाममा भोट हाल्न गएका थिए । मतदाता नामावली रुजु गर्ने क्रममा शंका लागेर सोधपुछ गर्दा उनी नक्कली मतदाता भएको पत्ता लागेको हो ।

राहत अलीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । गढवाका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले उनीबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसैबीच मोरङको विराटनगर महानगरपालिका–३ स्थित कन्या क्याम्पसबाट भतिजको नामबाट भोट हाल्न खोज्ने २९ वर्षीय पुरुषोत्तम आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्