सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्ततः गोपालप्रसाद पराजुली हुने भए प्रधानन्याधीश

संवैधानिक परिषदले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कायम मुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव सर्वसम्मतिले पारित भएको परिषदका सदस्य एवम् उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिएका छन ।

यसअघि बसेको परिषद बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्तावबारे आवश्यक राय लिन भन्दै केही समय माग गरेका थिए । उपसभामुख यादवले विपक्ष दलका नेता ओलीले नै कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्ताव गरेको जानकारी दिएका छन ।

कायम मुकामय प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गर्नुपर्नेछ । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पराजुलीलाई प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि कायम मुकायम प्रधानन्यायाधिश पराजुली उमेर विवादमा तानिएका थिए । तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीेले उमेर हदका कारण स्वेच्छिक अवकाश पाएपछि पराजुलीले कायम मुकामय प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्