सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमाले अगाडी, दोस्रो माओवादी त्यसपछी कांग्रेस

पुर्वी रुकुमबाट प्रतिनिधि सभामा निर्वाचित कमला रोका

मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचन ३५४४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ ल्याएका छन ।

मुस्ताङबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित प्रेम तुलाचन

मुस्ताङमै प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) प्रदेश सभा सदस्यमा विजयी भएका छन् । मनाङेले १ हजार ४ सय १० मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याएका छन ।

मनाङबाटै एमालेका पाल्देन गुरुङ्ग प्रतिनिधिसभामा निर्वाचित भएका छन । पाल्देन २३०० मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका टेकबहादुर गुरुङ्गले २०२१ मत ल्याएका छन ।

पूर्वी रुकुमबाट माओवादी केन्द्रकी कमला रोका प्रतिनिधि सभामा विजयी भएकी छिन । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याएका छन । त्यस्तै नयाँ शक्तिले १४८९ मत ल्यएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्