सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पुर्वी रुकुमका तीनवटै सिट माओवादीको कब्जामा

पुर्वी रुकुमबाट प्रतिनिधि सभामा निर्वाचित कमला रोका

माओवादी केन्द्रले पूर्वी रुकुमका प्रतिनिधिसभा र प्रदेशसभा विजयी हुँदै जिल्ला पुरै कब्जा गरेको छ । पुर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् ।

प्रतिनिधि सभामा निर्वाचित रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदै जित हात पारेकी हुन । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिशंकर घर्तीमगरले ४ हजार ४०६ मत ल्याएका छन । नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४८९ मत ल्याएका छन् ।

यसैगरी प्रदेशसभातर्फ पनि दुईवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’ ५ हजार ४२७ मतसहित बिजयी भएका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाएका छन ।

त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती ‘आयाम’ ५ हजार ८१६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्