डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका बुढा विजयी
डोल्पामा प्रदेशसभा (क) को मतगणना सम्पन्न भएको छ । प्राप्त जानकारी अनुसार एमालेका उम्मेदवार नन्द सिहं बुढा ५४९० मत ल्याएर बिजयी भएका छन ।
विजयी बुढाका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार बेगम सिंह ठकुरीले १२१३ मत ल्याएका छन । प्रदेश ‘क’ मा ८५ मत बदर भएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मतका साथ अगाडि छन् । डोल्पामा प्रतिनिधिसभाको एउटा मात्र सिट छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्