सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बझाङमा एमालेको जित, हुम्लामा स्वतन्त्र विजयी

बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद शर्माले बताएका छन् । उनी माओवादी केन्द्रका बागी उम्मेदवार हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्