बझाङका सबै सिटमा बामगठबन्धनको जित
प्रतिनिधि सभामा एमाले उम्मेद्वार विजयी भएको बझाङको प्रदेशसभामा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (क) मा एमालेका अर्जुन थापा र (ख)मा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भएका हुन् ।
प्रदेश (क)मा थापाले १७ हजार ८६५ मत ल्याइ विजयी भउका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १९७ मत प्राप्त गरेकी छिन ।
यसैगरी प्रदेशसभा (ख)मा माओवादी केन्द्रकी देवकी मल्ल १६ हजार ७४३ मत ल्याउँदै विजयी भएकी छिन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेबहादुर सिंहले १४ हजार २४२ मत ल्याएका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङबाट प्रतिनिधिसभाका लागि एमालेका भैरवबहादुर थापा विजयी भएका छन् । उनले ३४ हजार ६१२ मत ल्याएका थिए भने कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत ल्याएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्