सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डिसेम्बर २९ मा सागर आले जापानको तोचिगीमा

नेपाल आईडलबाट आफ्नो सांगितिक पहिचान बनाएका गायक सागर आले मगरले यही डिसेम्बर २९ तारिखका दिन जापानको तोचिगीमा सांगितिक प्रस्तुति दिने भएका छन । मगर संघ तोचिगी, जापानको आयोजनामा हुन लागेको ‘न्यु एयर सागर आले सांगितिक साँझ’मा गायक आलेले तोचिगीबासी नेपालीहरुमाझ धमाका मच्चाउने भएका हुन ।

नेपाल आईडलको प्रतिस्पर्धामा आफ्नो गायकी कलाले थुप्रै प्रसंशक बनाउन सफल सागरले केही मौलिक गितहरु समेत बजारमा ल्याईसकेका छन । देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा भ्याईनभ्याई भएका गायक सागर यसपाली भने जापानको चिसोमा आफ्ना प्रसंशकलाई तताउन आउने भएका छन ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर मगर संघ तोचिगी, जापानले यो सांगितिक कार्यक्रम गर्दैछ । सांगितिक कार्यक्रमका लागी आवश्यक तयारी धुमधामका साथ भईरहेको मुल आयोजक समितिका संयोजक तथा मगर संघ तोचिगी, जापानका उपाध्यक्ष सागर पुन मगरले जानकारी गराएका छन ।

कार्यक्रम संयोजक सागर पुनका अनुसार सांगितिक साँझ कार्यक्रम तोचिगीस्थित लाफा स्पोर्टस एण्ड ग्रिल बारमा हुनेछ । कार्यक्रम डिसेम्बर २९ तारिख शुक्रबारका दिन दिउँसो ३ बजेबाट हुने आयोजक मगर संघ तोचिगीले जनाएको छ ।

सागर पुन मगर संयोजक रहेको सागर आले सांगितिक साँझ मुल आयोजक समितिका उप–संयोजक भुवन थापा मगर रहेका छन भने समितिमा शिव थापा, यामबहादुर कुवर, ममता राना, मिना पुन र मायाँ पुन सदस्य रहेका छन । कार्यक्रम व्यवस्थापनका लागी बिभिन्न उपसमितिहरु पनि बनाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्