सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेल्फी खिच्दा भिरबाट लडेर १ जनाको मृत्यु

ओखलढुंगामा सेल्फी खिच्ने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटारमा भिरबाट बुधबार दिउसो सेल्फी खिच्ने क्रममा लडेर भारत बिहार अत्तरदह स्थाई घर भएका ४० बर्षिय राजु दाशको मृत्यु भएको हो ।

भारतबाट मजदुरीका लागी रुम्जाटार आएका दाशको भिरबाट झन्डै २ सय मिटर तल खसेको अवस्थामा शव फेला परेको ओखलढुंगा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताएका छन ।

सो स्थानमा निर्माणाधिन भेटनरी स्कुलको काम गर्दै आएका दाश खाजा खाने समयमा फोटो खिच्न भिरतिर लागेका थिए । सोहि क्रममा उनि भिरबाट खसेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको र शबलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्