सांसदलाई चाँदीको मुकुट र ५१ किलोको माला
मधेसी गठबन्धनको जितपछि वीरगन्जमा निकालिएको विजय जुलुसमा स्थानीयले विजयी उम्मेद्वारलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजयी प्रदीप यादवलाई चाँदीको मुकुट लगाइदिएर स्वागत गरिएको हो ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको विजयजुलुसमा पर्सा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य लालबाबु राउत गदी र जनत अन्सारीलाई स्वागत गर्दै स्थानीयले चाँदीको मुकुट र ५१ केजीको माला लगाइदिएका हुन् ।
प्रदेश नम्बर २ नम्बरको केन्द्रविन्दु र औद्योगिक नगरीको नामले चिनिएको पर्सा जिल्लामा रहेका चारओटा निर्वाचन क्षेत्रहरुमा मधेसी गठबन्धनले आफ्नो कब्जा जमाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पर्साका चार प्रतिनिधिसभा क्षेत्रहरुमध्ये संघीय समाजवादी फोरम नेपालले तीन र राष्ट्रिय जनता पार्टी राजपा नेपालले दुई स्थानमा जित हाँसिल गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको ‘गढ’ मानिने पर्साका चारओटै क्षेत्रमा मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनलाई हराएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्