सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रकाशमानले मागे शेरबहादुर देउवाको राजीनामा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै नेतृत्वले राजिनामा दिनुपर्ने बताएका छन । नेता सिंहले आफु विजय भएपनि नेपाली कांग्रेस पराजित भएको अवस्थामा कांग्रेस पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका हुन ।

अन्तर्राष्ट्रिय प्रचलनमा निवार्चनमा पराजय ब्यहोरे नेतृत्वले राजीनामा दिने प्रचलन भएको भन्दै नेता सिंहले नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको सुनाएका छन । आज काठमाण्डौको डिल्लीबजारमा आफुलाई विजयी गराउने मतदातालाई धन्यवाद दिने क्रममा उनले यस्तो बताएका हुन ।

नेता सिंहले भने–‘राजीनामा दिने नदिने सभापति को कुरा हो । तर, अन्तर्राष्ट्रिय प्रचलन अनुसार चुनाव हारेपछि तत्कालै नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिने प्रचलन छ । पार्टी सभापतिले पराजयको नैतिक जिम्मेवारी लिनु पर्छ ।’

अहिलेको निर्वाचनबाट कांग्रेसमा सुधार आवश्यक छ भन्ने जनमत आएको भन्दै आफूहरु विपक्षमा बसेर जिम्मेवार र सकारात्मक विपक्षीको भुमिका निर्वाह गर्ने नेता प्रकाशमान सिंहले स्पश्ट पारेका छन ।

‘अब हामी विपक्षीमै बसेर पार्टीलाई जनताको लोकप्रिय एक नम्बर पार्टीं बनाउनतिर लाग्छौं । पार्टीभित्र संगठनात्मक सुधारदेखि विधि विधान अनुसार चलाउन आफुहरुको जोड रहने प्रस्ट पार्दै उनले आवश्यक परे नेतृत्व पनि परिवर्तन हुनसक्ने बताएका छन । नेता सिंहले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश छिटो भन्दा छिटो पारित गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्