‘हलीको छोरा हुँ, आफैं गोठालो हुँ’; केपि ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आफ्नो बेइमानीको ठाउँ नभएको बताएका छन् । ओलीले भने–‘मेरो राजनीतिमा कहिल्यै बेइमानी र कुनै दम्भ देखाएको छैन् ।’
कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने–‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’ अघि भने–‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ जनताको काम गर्ने बताएका छन । ओलीले भने–‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’
फेसबुकबाट कमेन्ट गर्नुहोस्