सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किन जलाईयो भुकम्प पिडितलाई आएको राहत ?

भुकम्प गएको दुई बर्ष बितिसक्दा पनि आवश्यक राहत र सहयोग नपाई भुकम्प पिडितहरु कस्टपुर्ण जिवन बाँचिरहेका छन । यता नुवाकोटका भूकम्पपीडितका लागी आएको राहत सामग्री भने वितरण नै नगरी नष्ट गर्नु परेको छ ।

वि.स.२०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको छ ।

नुवाकोटका पिडितका लागी राहतका सामग्रीहरु २०७२ बैशाख र जेठ महिनामै प्राप्त भएको थियो । प्रशासन कार्यालय र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो ।

राहत सामग्री राखेको स्थानमै कुहिएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले एक करोड रुपैयाँ भन्दा बढीका सामग्री विदुर नगरपालिका ६ चण्डीपोखरीमा नष्ट गरेको हो ।

राहत सामग्री भण्डारण गरिएको स्थान विदुरस्थित इलम प्रशिक्षण केन्द्रबाट निकालेर नष्ट गरिएको प्रशासनका नायव सुब्बा निलमकुमार भुषालले बताएका छन । प्रहरी, प्रशासन र नगरपालिकाको रोहबरमा सामग्री नष्ट गरिएको हो ।

नष्ट गरिएका सामग्री ३४ बोरा लत्ताकपडा, त्रिपाल, बिस्कुट लगायतका सामान रहेका छन् । विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औषधि लगायत पनि नस्ट गरिएको छ ।

कुहिएका राहत सामग्री व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । उक्त समितिले राहत सामग्री नष्ट गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्