सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

IELTS को प्रश्नपत्र २ लाखमा बिक्रि भएको खुलासा

काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTS को प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ । शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न ४ जनासहित १२ जना परिक्षार्थीलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीले प्रश्नपत्र आउट गराउने कार्यमा संलग्न सुरज लामा, निकेश न्यौपाने, विधान आचार्य र गणेशराज उपाध्यायसहित ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा १० हजारदेखि दुई लाखसम्ममा IELTS को प्रश्नपत्र बिक्री हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शुक्रबार पक्राउ परेका विद्यार्थीहरुलाई छाडिएको र प्रश्नपत्र बिक्री कार्यमा संलग्न ४ जना उपर मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशिले बताएका छन् ।

हनी सिंहसँग भारतीय रुपैयाँ ५० हजारको डिल गरे पनि नेपालमा सक्रिय सुरजको गिरोहले १० हजार देखि २ लाखसम्म पैसा लिएर प्रश्नपत्र बिक्री गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एक सुरक्षा अधिकारीकाअनुसार पर्वत फलेवास स्थायी घर भएका दिपशे श्रेष्ठले १० हजार बुझाएका थिए ।

मकवानपुरका सनिस गौतमले १७ हजार, बाग्लुङ्गका दिपक शर्माले ६७ हजार तिरेका थिए भने पर्वतकी सञ्जु सेनले २ लाख बुझाएको काठमाडौं प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्