सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्लेनमा उड्दा पनि वाईफाई, भारतले दियो अनुमति

भारत सरकारको टेलिकम कमिसनले मंगलबार भारतीय जहाज कम्पनीलाई उडिरहेको जहाजमा इन्टनरनेट सेवा प्रदान गर्ने अनुमति दिएको छ । यो सँगै टेलिकम सञ्चालक, विमान कम्पनी र प्रविधि कम्पनीहरुले अब भारतीय आकाशमा उड्ने जहाजहरुलाई इन्टरनेट सेवा प्रदान गर्न सक्नेछन् ।

प्रबिधि विज्ञहरुका अनुसार इन फ्लाइट कनेक्टीभिटी सिस्टमले दुई किसिमको प्रविधिको प्रयोग गर्छ । यसमा अनबोर्ड एन्टेनाले जमिनमा रहेको टावरबाट सिग्नल क्याप्चर गर्नेछ ।

गुडिरहेको कारमा जसरी अहिले इन्टरनेट चल्छ त्यसै गरी नै जहाजमा पनि इन्टरनेट चलाउन मिल्नेछ । तर समुद्रको भागमा भने यसरी इन्टरनेट कनेक्सन हुने छैन ।

प्लेन समुद्रमाथी उडिरहेको बेला भने स्याटेलाइटबाट इन्टरनेट जोड्नु पर्नेछ । अहिले स्याटेलाइट टेलिभिजनहरु सञ्चालन भए जसरी यो सञ्चालनमा आउने छ । जहाजमा रहेको राउटरबाट विभिन्न ल्यापटप तथा मोबाइलमा इन्टरनेट जोडिनेछ ।

यो राउटर भने जहाजमा रहेको एन्टेना सँग जोडिएको हुनेछ । एन्टेनाले स्याटेलाइटको सहायतले जमिनमा रहेको टावरमा जोडिनेछ । जहाजमा पुगेपछि फ्लाइट मोड अन गरेपछि मात्रै इन्टरनेट चलाउन सकिनेछ ।

उडान भरेको चार देखि पाँच मिनेटपछि मात्रै इन्टरनेट कनेक्सन हुनेछ । जहाज समुन्द्र सतहबाट ३ हजार मिटर माथि पुगेपछि इन्टरनेट कनेक्ट हुनेछ ।

टेरेस्टरियलबाट स्याटेलाइट वा स्याटेलाइटबाट पुन टेरेस्टरीयलमा गएर इन्टरनेट कनेक्सन् गर्दा यात्रुले प्रयोग गरिरहेको डिभाइसमा इन्टरनेट कनेक्सन भने छुट्ने छैन ।

आकाशमा इन्टरनेट चलाउन त्यती सस्तो भने छैन । सिंगापुर एयरलाइन्सले अहिले १ सय एम बी बराबरको डाटा बिजनेश क्लास र फस्ट क्लासका यात्रुलाई उपलब्ध गराउने गरेको छ । इकोनोमी क्लासका लागि भने ५ अमेरिकन डलरबाट यस्तो सेवा सुरु हुन्छ । डाटाको भोलुम र समयका आधारमा यसले मूल्य तय गर्ने गर्छ ।

त्यस्तै इमिरेट्सले भने आफ्ना यात्रुका लागि २० एमबी डाटा फ्रि दिएको छ । यो भन्दा बढी डाटा लिनेले भने १ सय ५० एमबी ९.९९ अमेरीकन डलर र ५ सय एमबी चलाउने हो भने १५.९९ मा उपलब्ध हुन्छ ।

जहाजमा इन्टरनेट सेवा जमिनमा भन्दा केहि स्लो हुनेछ । जहाजमा फोन गर्ने एप हरु पनि चलाउन मिल्छ । तर, कैयन विमान कम्पनीहरुले यस्तो सुविधा उपलब्ध गराउँदा हल्ला बढी हुने भनेर बन्द गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्