सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फोटो खिचेको भन्दै पुलिसले पत्रकारलाई ट्वाईलेटमा थुन्यो

नगर विकास समितिको जमीन प्रकरणको समाचार सङ्कलन गर्न गएका पत्रकार पदम बोहरामाथि प्रहरीले फोटो किन खिचेको भन्दै कुटपिट गरेको छ । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदम बोहरामाथि कुटपिटका साथै क्यामरा तोडफोड गरिएको हो ।

समाचार सङ्कलन गर्न गएका बेला प्रहरीले गालीगलौज गर्दै वडा प्रहरी कार्यालयमा थुनेको पत्रकार बोहराले बताएका छन् । बोहोराले भने–‘म पत्रकार हुँ सर, रिपोर्टिङमा आएको हुँ भन्दाभन्दै गाली गर्दै क्यामरा तोडिदिए । शौचालयमा राखियो ।’

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य थापाले मदिरा सेवन गरेर प्रहरीसँग विवाद गरेकाले पक्राउ गरेको बताएका छन् । उनको मेडिकलसमेत गरेको प्रहरीले जनाएको छ ।

शनिबार नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले पत्रकार हुँ भनी परिचयपत्र देखाउँदादेखाउँदै कुटपिट गर्ने प्रहरी कदम निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् । अवस्थीकै प्रयासमा बोहरालाई थुनामुक्त गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्