सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ट्रकको ठक्करबाट चितुवाको मृत्यु, ट्रक खोज्दै प्रहरी

पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको देउखुरीमा ट्रकको ठक्कर बाट एउटा चितुवा मरेको छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया नजिकै आइतवार बेलुकी सात बजे नम्बर नखुलेको ट्रकको ठक्कर बाट चितुवा मरेको प्रहरीले जानकारी दिएको छ ।

पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको ट्रकले चितुवालाई ठक्कर दिँदा चितुवा मरेको हो । ठक्कर दिने ट्रकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्