सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एक झट्काले लग्यो कृष्णको दुईओटै हात र एउटा खुट्टा

सानैमा जीम्मेवारीको भारी बोकेका रुकुमका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीको ठुलो सपना थियो, आफ्नी जीवनसंगिनी रुपालाई स्टाफ नर्स पढाउने । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५, कृष्ण र रुपाको जीवनमा ।

अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो । उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ सेवाग्राहीलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे ।

११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पछारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो । अर्कैको गल्तिको शिकार भए उनि । साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो ।

लाग्ने बित्तिकै करेन्टको झट्काले भुईँमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो । लखनउमा लामो उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि पुनः उनलाई काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा भर्ना गरियो ।

लामो उपचार पछि उनि निको त भए तर अपशोच ! उनका दुवै हात र एउटा खुट्टा काट्नु पर्ने भयो । आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा गुमाएर अर्काको सहारामा बाँच्नु परेको छ ।

उपचार गर्न नै ५० लाख बढी लागी सकेको र सबै ऋण गरेर खर्च गरेको उनकी श्रीमती रुपाले मिडियासँग बताएकी छिन । ४०÷५० लाख ऋण छ, ५० लाख भन्दा बढी हात खुट्टा राख्नलाई लाग्ने डाक्टरहरु बताउँछन । घरमा भएको जायजेथा सबै सकिसक्यो भन्दै रुपाले सबैसँग सहयोगको अपेक्षा गरेकी छिन ।

२१ वर्षको कलिलो युवा जसले आफ्ना सपनाहरु आज बेडमा आफ्नो अर्ध ज्यानसँग सुताई रहेको छ । बुबा झुपलाल ओलि र आमा जानकी केसिका दुई छोरा मध्येका कान्छा छोरा कृष्ण सानैदेखि पारिवारिक मायाबाट टाढा भए । कृष्णका बुबाले वास्ता नगरेपछि सानैदेखि बुबाको माया पाएनन ।

बुबाको अहिले सम्म अत्तोपत्तो छैन । छोराको त्यो हालत भएपछि भेट्न जान्छु भन्दै घरबाट निस्केका बुवा बेखबर छन् । कृष्णका दाईले जेनतेन पैसा कारेर भाईलाई त बचाए अब थप उपचार गर्ने खर्च छैन । न पैसा कार्ने ठाउँ छ, न आउने ठाउँ । न त बेच्नलाई जग्गाजमिन ।

देश तथा विदेशमा हुने मनकारी नेपालीहरुले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर ०७७०५०३१६५२०५००१ मा जम्मा गरिदिएर सहयोग गरिदिनुहोला । कृष्ण ओलीको फोन नम्बर ९८०३७४५७०८ रहेको छ । सके सहयोग गरौँ नसके पनि यो खबरलाई सेयर गरौँ । ताकी अर्को कसैले यो खबर पढेर सहयोग गर्न सकोस् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्