न्याय नपाएपछी श्रीमान मरेकै ठाउँमा आत्महत्या
न्याए नपाएको भन्दै कैलालीको गोदावरी नगरपालिकामा एक महिलाले आत्महत्या गरेकी छिन । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर मृत्यु भएका आफ्ना श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागरति बिकले आत्महत्या गरेकी हुन् ।
उनले चुरे गाउपालिका वडा नम्बर ५ स्थित श्रीमानको मृत्यु भएको स्थान भासु भिरमा आत्महत्या गरेको स्थानियले बताएक छन् । आत्महत्या कहिले गरेको हो भन्ने जानकारी नभए पनि आईतबार मात्र बिकको शव झुण्डिएको अबस्थामा भेटिएको थियो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/bhagrati-bk-sucide-in-kailali-1024x682.jpg)
भासु भिरमा झुण्डिएको अबस्थामा रहेको सवलाई ईलाका प्रहरी कार्यालय फल्टुडेले निकाल्न नसकेपछि सशस्त्र प्रहरीलाई खबर गरीएको थियो । अत्तरीयाबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कुवँरको नेतृत्वमा खटिएको टोलीले भिरबाट सव निकालेर आईतबार नै प्रहरीको जिम्मा लगाएको थियो ।
करीब एक बर्ष अघि मृत्यु भएका श्रीमानको न्यायका लागि बिकले बिभिन्न निकायमा धाए पनि न्याय नपाइएपछि सोहि ठाउमा गएर आत्महत्या गरेको हुन सक्ने आशका गरीएको छ ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/sucide-in-kailali-bhagrati-bk-1024x683.jpg)
फेसबुकबाट कमेन्ट गर्नुहोस्