सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ईशा भाउजुलाई स्याहार्ने पक्षमा कदापी छैनः दिल निशानी

रबि लामिछानेको निजी कुरा कसैले नि गरेका छैनन् । उनले आफ्नो निजी कुरा आफ्नै फेसबुक आईडी मार्फत गर्वका साथ सार्वजानिक गरेका हुन् । यदी तपाईहरु फेसबुक वालको “पब्लिक अप्सनमा “ केही चिजहरु पोस्ट गर्नुहुन्छ भने ति निजी हुदैनन् । स्वत; समुदायको सम्पती बन्छन्- बहसको बिषय हुन्छन । निजी कुरा गर्नका लागी म्यासेन्जरको प्रयोग गर्न सकिन्छ । त्यसैले रबिको निजी कुरामा मानिसहरुले चासो दिईरहेका छन् भन्ने “चाक” जस्तो तर्कलाई खण्डन गर्नुपर्छ ।

दोश्रो; यदी श्रिमती संग विचार तथा कामको गती मिल्दैन भने रबिले मात्र हैन मेरो बाउले पनि अर्को बिहे गर्न सक्छन् । यहाँ धेरै बाउहरुले ३, ४ वटी बिहे गरेका छन्, अनि खुलेआम बिहे गर्न लाज मान्नेहरु रखेल संग बसेका छन् । तर ति सबैले फेसबुक मार्फत आफ्नो बहादुरीता सार्वजानिक गर्दैनन् । बरु मनोज गजुरेल जस्तो चुपचाप बस्छन् । यहाँ रबिको मात्र लिङ्ग छैन । दिनमा ९ पटक सम्म यौन सम्पर्क गर्ने केटाहरु मेरै आँखा अगाडी देखेको छु ।

निजित्वको कुरा गर्दा अब रबिले कुन ब्राण्डको कट्टु लगाउछन् भनेर पनि चर्चा हुनेछ । किनभने यो पुँजिबाद हो । भारतिय हिरो सलमान खानले सेक्सी कट्टुको प्रचार गरेको त टिभीमा देख्नु भएकै होला । त्यो देखेर हल्का ईमोशन पनि आएकै होला । त्यसैले अब रबिको कट्टुको पनि प्रचार हुनुपर्छ । किनभने उनी हाम्रो हिरो हुन्। नेपालमा बसेर अमेरिकामा रहेका छोरीहरुको खर्च केबल हिरोले मात्रै उठाउन सक्छ ।

ईशालाई महिलाहरुले नै धेरै गाली गरिरहेका छन् । रबिलाई पुरुषहरुले आलोचना गरेका छन् । ठिक उल्टो भएको छ । र मलाई उदेक लागेको छ । ईशाले देशको लोकप्रिय अनलाईन अनलाईनखबरमा लेख लेखेकी छिन् । हजारौ शेयर भएको छ त्यो । रबिले पनि फेक हो कि जस्तो लाग्ने पूर्व पत्नीका ब्वाई फ्रेण्ड संगको फोटो र गोप्य कुराकानी पोस्ट गरी ईशालाई रण्डी आईमाईको दर्जा दिन तम्सिएका थिए । यसरी निजित्वको पर्दाफास स्यवं उनीहरु बाटै भएको देखिन्छ ।

रोचक त के छ भने ईशाको लेख रबिको स्टाटस भन्दा धेरै मूल्य मान्यतामा अडिग रहेको देखिन्छ । त्यो किनभने, रबिले ईशालाई डिप्रेशनको रोगी भनेका छन्, तर ईशाले रबिलाई गन्हाउने बोका भनेकी छैनन् । ईशाले रबिको आलोचना हैन कि आफू निर्दोष रहेको जिकीर गरेकी छिन् । चाल्स शोभराजले त आफू अपराधी हैन भनेर जिकिर गर्छन् भने ईशा त रबिको श्रीमती मात्र हैन कसैको प्यारी छोरी थिईन, दिदी- बहिनी थिईन् । कम्तीमा माईतीको नजरमा शिर उठाउन पनि ईशाको जिकिर स्वभाविक थियो ।

शिर झुक्ने र उठ्ने कुरा को कति चर्चित छ, समाजसेवी छ भन्ने कुराले खासै अर्थ राख्दैन । जहाजमा आफ्नै सहकर्मीलाई गरेको भद्दा अपमानले भारतिय हाँस्य सम्राट कपिल शर्मा टाटा पल्टिए । डिप्रेशनमा गए। हिजो सम्म “द कपिल सो” देखेर पेट मिचीमिची हाँस्नेहरु कपिललाई थुक्न थाले । एउटी पोर्न स्टारको बयानले अमेरिकी राष्ट्रपती ट्रम्पको निद हराम गर्यो । मर्दले १० वटी केटी बिहे गर्दा भगवान कृष्णको उपमा पाउने तर मर्दिनीले १० वटा केटा संग बिहे गर्दा किन रण्डी-भालु भन्ने ?

ईशा रबि जत्तीकै चर्चित छैनिन्, समाजसेवी पनि हैनिन् । तर संगै बाँच्ने-मर्ने भनेर रबि संग बिहे गरिन् । बिहे गरी दुई सन्तान जन्माएका श्रीमान–श्रीमती मिल्न नसकेर सार्वजानिक रुपमा उनीहरुले नै छताछुल्ल पारेपछी कोही रबिको समर्थनमा निस्किनु, कोही ईशाको समर्थनमा निस्कनु सामाजिक चेतको सामान्य प्रकिया हो । तर यहाँ कोही ईशाको धर्मपुत्र जस्तो त कोही रबिको रखेल अर्थात भालु आईमाई जस्तो भएर अत्यन्तै छुद्र एवं घटिया टिप्पणीहरु गरिरहेका छन् । भगवानको पुजा शिर झुकाएर गरिन्छ, फोहोरी चाक देखाएर हैन।

हुन त; हरेक देशले आफ्नो गच्छे अनुसारको नागरिक चेत पाउछ । हामी नेपालीहरुको चेत जस्तो छ, नेपालको गच्छे उस्तै छ । तर सभ्य र विकशित देशमा बस्नेहरु झन् छुद्र, असभ्य अनि दरिद्र भएको देख्दा तिनीहरुको गुप्तागंमा किरा परे जस्तो लाग्यो । रविका पुजारी तथा भक्तजनहरु धेरै युरोपमा रहेका छन् । तपाईहरुले रबिले जस्तो अमेरिकी राहदानी त्यागेर बानेश्वरको थोत्रो ट्याम्पो त चढ्न आउनु हुन्न होला । तर पक्कैपनी पशुपतीनाथले तपाईको देहको प्रतिक्षा गरिरेहको छ । रबि र म दुई किमीको दुरीमा बस्छौ । देशको माया अती छ । फरकमतको आलोचना गर्नुहोस, तर आमा चकारेर गाली नदिनुहोस् ।

भौतिकबादीहरुले छातीमा हात राख्दैनन्, तर ईशालाई डिभोर्स दिदा पनि रबि आफू नगएर वारिसनामा पठाएका रहेछन् । डिभोर्स ईशाले हैन रबिले नै दिएको हो । त्यसैले सम्पत्ती लुटेर लग्यो ईशाले, अब के को टनटन त्यो चुप लागेर बसे हुन्छ भन्नु मानविय दृष्टीले पनि पाच्य कुरा हैन । ईशालाई त सम्पत्ती हैन, रबिको माया नै चाहिएको रहेछ भन्ने कुरा डिभोर्स पश्चात उनले खोपाएको ट्याटुबाट नै थाहा हुन्छ नि ।

एउटा कुरा कान च्यातिने गरी सुन्नुहोस्- तपाईहरुले रबिलाई भगवान मानेको त जम्मा १ बर्ष भएको छ । ईशाले त रबिलाई २० औँ बर्ष देखी भगवान मान्दै आएकी हुन् । अन्तिम सम्म, मिलौ न बुढो प्लिज भनेकी हुन् । हो जिन्दगीमा मिलन हुन्छ-बिछोड हु्न्छ । आँशु-हाँसो हुन्छ । तर कसैको जिवनको नापतौल गर्ने ढक तरजु कोही माईकाल संग हुन्न । तपाईको आमा सेलीब्रेटी हुनुहुन्छ ? कुनै एक महान कुकर्मको ढाकछोप अर्को महान कर्मबाट हुदैन । ईराकी राष्ट्रबादलाई नजिकबाट नियाल्दा सद्दाम हुसेन पनि मेरा लागी भगवान नै हुन् ।

श्रीमान–श्रीमतीको एउटा लिगेसीपूर्ण सम्बन्धको कुरा गर्छु । यो स्टाटस पढेर “मा चि….ने दिले तँलाई बाँधेर घाँस हाल्छु” भन्नेहरु बाहेक अरुले यो भाषा बुझ्न सक्छन् । इमरान खान साहेब पाकिस्तानी प्रधानमन्त्री बन्दै गर्दा उनका पूर्बपत्नी जेमिमा गोल्डस्मिथले ट्विट गर्दै लेखेकी थिइन-“२२ बर्षको अपमान, अवरोध र बलिदान पछि मेरो छोराको बुवा प्रधानमन्त्री बन्दै छन् । शुभकामना छ तिमीलाई ।” हो, डिभोर्स पश्चात ईशाको श्रीमानको रुपमा रहेनन् रबी, भोली रबि देशको प्रधानमत्री भएमा ईशाको छोरीको बुवा नै प्रधानमन्त्री हुनेछन् । र ति छोरीहरु अरु कोही नभएर ईशा र रबिको “शुक्रकिट र डिम्बको” एक प्रतिक हुनेछन् ।

रबिको सपथ ग्रहण कार्यक्रममा ईशाले टाढैबाट खुसीको बर्षात चुहाउदै यो गित गाउनेछिन-“ तिम्रो मनमा लुकेको कुरा नभनेपनी भुलिदिनेलाई-सम्झीदिनेलाई माया त माया हो ।” अनि रबिले सपथ खानेछन्- म बोल्छु सत्य मात्र बोल्छु- सत्य बाहेक अरु केही बोल्दिन । पदमा रहँदा- पदमा नरहँदा पनि म देशको भलो चिताई काम गर्नेछु । संविधानको रक्षा गर्नेछु ।” जब संबिधानको रक्षा हुनेछ, यो देशमा डाँकाहरुको पनि सम्मान हुनेछ, लुटेराहरुको पनि ईज्जत हुनेछ । पती पिडीतहरुको पनि सम्मान हुनेछ किनभने उनीहरुको पनि संविधान हुनेछ ।

ईशा संग डिभोर्स नहुँदै बाहिरको केटीबाट रबिले अबैधानिक बच्चा जन्माउने कुरा अमेरिकाको हिप्पी कल्चरमा बसेर हेर्दा त स्वभाविकै होला । तर हाम्रो जस्तो संकिर्ण समाजमा त्यो गाँण कोराकोर गर्ने बिषय हुन्छ । हस्तमैथुन गरेर चर्पीको प्वालमा बिर्य फाले जस्तो हैन, अबैधानिक बच्चालाई ईशाले पालिदिने हिम्मत गर्नु । रबिको एक मुठी बिर्यका कारण नेपाल नै अस्तब्यस्त भएको छ । ईशाले डिप्रेशनको दबाई खाने, रबिले सोफामा छड्के, दाँयाबाँया विभिन्न आसनको सेक्स गर्ने । वास्तबमा यार्सागुम्बा त रबिले खाएको हुनुपर्छ।

म ईशा भाउजुलाई स्याहार्ने पक्षमा कदापी छैन, किनभने ईशाको छोरीहरुले मलाई कुटेर सडकमा पुराउछन् । फेरी दुई थाल भात खाने आदत छ मेरो, उता चिकन बर्गर होला। त्यो बर्गर आन्द्रा मै हराउछ मेरो । हाडनाता नजोडिएका दाईको श्रीमती दाई मरेर गए अथवा गती छाडेर गए स्याहार्ने चलन छ, जनजातीहरुमा । सबै जनजाती हैन । रबि र मेरो हाडनाता हैन । र सबैभन्दा महत्वपूर्ण कुरा मैले स्यार्छु भनेको भाउजु ईशा पनि हैन । यो देशमा हजारौ भाउजुहरु छन्, ति सबै भाउजुहरुको गुप्तागंको तिब्र ईच्छा मैले कहाँ पुरा गर्न कहाँ सक्छु र ? तर मैले मिना ढकाल भाउजुको नाम प्रयोग गरेर गम्भिर गल्ती गरेकै हो । हुन त उहाँले पनि मिडीयाबाटै पोई त खोज्नुभएकै हो ।

धेरैलाई थाहा नहुन सक्छ; रबि र मेरो काल्पनिक झगडा खडा गरी न्यूज भाईरल गराएर पैसा कमाउनेहरु सयौ छन् । तर यो कुरा रबि र मलाई थाहा छ । म बदनाम हुदाँ तपाईहरुको चुलो बल्छ भने जिन्दगीभरी नै बदनाम हुन चाहान्छु । एउटा अनलाईनमा “दिल निशानी मगरको असमायिक निधन” भनेर समाचार आएको रहेछ । केही आफन्तजनहरुमा रुवाबासी चल्यो । म ज्यूदै छु भनेर फोन गर्नुपर्ने अवस्था आयो । टिपीआर बढाउने नाममा म जस्तो सामान्य मानिसको किन उल्टोपाल्टो न्यूज बनाउनु हुन्छ ? तपाईहरुको फोहोरी चाकमा दर्द छ ? यद्द्पी म कुनैपनी प्रकारको साईबर क्राईमको उजुरी गर्ने पक्षमा छैन। किनभने हाम्रो देशमा साईबर क्राईम समबन्धी बलियो कानुन नै छैन ।

मलाई टेलिभिजन अन्तर्वार्तामा पहिलो ब्रेक दिने मानिस रबी नै हुन् । अन्तर्वार्ता सकिएपछी ल गजब बोल्नुभयो निशानी भनेर दरिलो हात मिलाउने पनि रबि नै हुन् । कथित मूलधारको नाममा मिडीयामा चारैतिर सिण्डिकेट तथा चिम्सा आँखा हुनेहरुलाई चरम भेदभाव गरिने नश्लिय प्रवृतीका बिचमा रबि जस्तो समावेशी आवाजको दरिलो खम्बा उदाउनु भनेको मेरा लागी वैचारिक, सैदान्तिक दृष्टीले पनि एकदम खुसीको कुरा थियो । रबि मेरा लागी भगवान त हैनन् तर हौसलाकर्ता भने अवश्य हुन् ।

पहिलो पटक रबि न्यायाधीश जस्तो नबन, नागरिकका पनि हक छन् । चोर, फटाहा, डाँकालाई पनि सम्मानजनक ब्यबहार गर । मानवअधिकारको रक्षा गर्ने हो, क्यामेरा बोकेर मानिसका घर भित्र छिरेर के गरेको ? भनेको थिएँ । त्यो बेला म राक्षस कहलिएँ । त्यो स्वभाविक पनि थियो। लडाईमा गोलीको मुल्य मान्यता हुन्न, जसलाई पनि गोली लाग्न सक्छ। रबि पनि लडाईमा नै थिए मिडियाबाट। यस्तो संघिन लडाई लड्दा अमेरीकाको नागरिता त्यागेर नेपाली भै लड भन्ने सुझाब दिदाँ झन् डरलाग्दो राक्षस भए म । तर आखिरीमा रबिले नेपालको नागरिता लिएरै छाडे । राष्ट्रबादी दबाब दिएकोमा मलाई त फुलमाला लगाएर, घोडामा चढाएर बाजागाजाका साथ नगर परिक्रमा गराउनुपर्ने थियो । तर परन्तु आजको मिती सम्म राक्षस नै कहलिएको छु ।

तपाईहरुलाई अचम्म लाग्ला त्यती ठुलो लफडा पश्चात पनि मेलै रबिको सामाजिक अभियानलाई साथ दिन उनको अफिसमै पुगेर आर्थिक सहयोग बुझाएको छु । रबि दाई बाहिर प्रचार नगरौ, फेरी अर्को बदनाम हुन्छ मेरो भनेको थिएँ । किनभने सामाजिक संजालमा त्यतीखेर स्थिती कस्तो बनेको थियो भने मेलै राम्रो लेखेपनी, नराम्रो लेखेपनी त्यसको बिरोध नै गर्नुपर्छ भन्ने सोचहरुको ठुलो जमात थियो । परन्तु त्यो आजको मिती सम्म कायमै छ । यसबारे यहाँभन्दा धेरै शब्द लेख्दिन, फेरी लौ यसले के बोल्यो भनेर भाईरल बनाउछन् ।

तर बाहिर मानिसले जे सोचेपनी रबि र म बिचमा कुनै ईगो नै छैन । रबि त हाम्रो आदर्श हुन् । तर गल्ती कमजोरीहरु सहितका आदर्श । कापीको पानामा टिपेर राख्नुहोला- गल्ती कमजोरी बिनाको मानिस हुदैन, मुर्ती हुन्छ ।

सामाजिक संजाल प्रयोगकर्ताहरु, अनलाईन संचालकहरु मेरो दुईटा शब्द; “भाउजु र यार्सागुम्बामा” ३, ४ महिना सम्म रल्लिएर बस्नुहुन्छ भने मेरो भन्नु केही छैन । खैर, दिल निशानी मगरले राम्रो भने पनि नराम्रो भनेपनी बिरोध नै गर्नुपर्छ भन्ने ठुलो जमात छ। तिनीहरुले मेरा फोटोको दुरुपयोग गरेका छन् । तिनलाई म स्याबास भन्न चाहान्छु किनभने जसको दिमागमा जती गिदी छ त्यती नै काम गर्ने हो । मेरो कसैका प्रती रिसराग छैन । म संकिर्ण पनि छैन । महात्मा गान्धी र नेल्शन मण्डेलाको वायोग्राफी पढेर बस्ने म यस्ता हगुरे- पादुरे बिषयमा समय खर्च पनि गर्दिन।

हाँसले यौन सम्पर्क गरेको दृश्य नजिकैबाट हेर्न हुँदैन भन्ने कुन संबिधानमा लेखेको छ ?

फेसबुकबाट कमेन्ट गर्नुहोस्