सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पतिको साथ नछोड्ने रुपाको सम्मानमा झुके भण्डारी

मेरो आमाले भन्नुहुन्थ्यो–‘आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बाँच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ । जब गरिब, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाई लाई सम्झन्छु ।

अघिल्लो भिडियोमा रुकुमका कृष्ण वलिको कथा सुनेर र व्यथा बुझेर धेरैले म निकै रोएँ भनेर फोन गर्नुभयो । २१ बर्षे कृष्णको जीवनमा परेको बज्रपात, त्यसमा २१ बर्षकै कृष्णकी श्रीमती रुपाको अटुट साथ र तपाईको बोलीले धुरुक्कै रुवायो भनेर धेरैले भन्नुभयो कतिले त रुँदै फोन गर्नुभयो ।’

नमस्कार म शिशिर भण्डारी, कृष्ण वलिको दुखःद कथा तर जीवनमा कहिले पनि आफ्नो श्रीमानको साथ छोड्दिन भन्ने रुपा पुलामी मगर वलिको दरिलो वाँचा । समयले मलाई उनीहरुसंग भेटायो । हामीले बनाएको कृष्णको भिडियो लाखौं नेपालीहरुले सेयर गर्नुभएछ । कृष्णको र रुपाको कथाले धेरैलाई छोएछ ।

त्यसैकारण म आज फेरी कृष्ण बसेको ठाउँमा जाने मौका मिल्यो । हामीलाई बिश्वास गरेर कृष्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै देश तथा बिदेशबाट सहयोगी नेपाली दाजु भाई दिदी बहिनीहरुले पठाउनु भएको ४ लाख भन्दा बढि सहयोग रकम लिएर म कृष्णलाई भेट्न गएँ । यो मौका तपाई सहयोगी मन भएका नेपालीहरुले नै दिनुभएको हो ।

दुई दिनमै कृष्णका लागि यति धेरै सहयोग उठिरहँदा जीवनमा फेरी अर्को पटक खुशी भएँ । साँच्चै एक एक मिलेर हजार बन्छ । करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्णको परिवारमा खुशी फर्काउन आफुले सकेको सहयोग गर्ने तपाई सबै सहयोगी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई धेरै धेरै धन्यवाद ।

माथीका शब्दहरु सञ्चारकर्मी शिशिर भण्डारीले रुकुमका कृष्ण वलीको अन्र्तवार्ता भिडियो प्रशारण भईसकेपछी प्राप्त सहयोग रकम बुझाउन जाने क्रममा तयार पारेको भिडियोमा बालेका शब्द हुन् । नयाँनयाँ न्युज नेपाल युट्युव च्यानल चलाउँदै आएका भण्डारीले पहिलोपटक कृष्ण वलीको अन्र्तवार्ता लिने क्रममा आफुलाई सम्हाल्न नसकेर आँशु झारेका थिए ।

भण्डारीले दुई दिनमा ४ लाख भन्दा बढी सहयोग संकलन गरेर कृष्णलाई उपलब्ध गराएका छन् । उनलाई हिँड्न सक्ने बनाउने सञ्चारकर्मी भण्डारीको धोको छ । दोस्रो भेटमा सञ्चारकर्मी भण्डारीले आफन्तले अर्कैसँग बिहे गर भन्दा संगै बाँच्ने संगै मर्ने तर श्रीमानको साथ नछोड्ने अठोट लिएकी रुपा पुलामी मगर वलीलाई महान नारी भन्दै शिर निहुराएर सम्मान गरेका छन् ।

सञ्चारकर्मी भण्डारीले भनेका छन्–‘कृष्णको दुखमा सबैको साथ र सहयोग रहनुमा रुपाको ठुलो हात छ । रुपाप्रति सबैको माया र सम्मानले पनि सबै सहयोग गर्न लागिरहनु भएको छ । माया र प्रेममा स्वार्थ हाबि भईरहेको समयमा रुपा मायाकी प्रतिमुर्तिका रुपमा सबैको मनमा बसेकी छिन् । यस्ती महान नेपाली नारी रुपाप्रति मेरो पनि शिर निहुराएर ठुलो सम्मान ।’

कृष्णको उपचारको क्रममा ७० लाख भन्दा बढि खर्च भईसकेको छ । कृष्णका दाईले भएको जायजेथा सबै बेचेर भाईको उपचारमा खर्चिसके । सञ्चारकर्मी भण्डारीले ३५ लाख भन्दा बढि ऋणमा डुबेको कृष्णको परिवारलाई सहयोग गर्ने क्रम नरोकियोस् भन्दै सबैलाई अँझै सहयोग गरिदिन अपिल गरेका छन् ।

कृष्ण ओलीकै नाममा सनराइज बैंक काठमाडौं, कालिमाटी शाखामा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१ र मोबाइल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्न सकिने परिवारले बताएका छन् । तपाईँ हाम्रो सानो सहयोग कृष्णको लागि भगवानको रुप हुन सक्छ । कृपया जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला । हाम्रो पनि आग्रह छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS