छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु
बाजुराको बूढीनन्दा नगरपालिका–९ अगाउँपानी स्थित छाउगोठमा गए राती आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिँदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीय रमित बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
उनका अनुसार मृतक आमा र दुई छोरा सुतिरहेको बेला राति आगोे सल्केर सिरकमा टाँसिएर मृतावस्थामा फेला परेको स्थानीयवासीले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी घटनास्थल पुगेको थियो । मृतक बोहराका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।
एका विहानै छाउगोठमा तीन आमा छोराको मृत्यको खवरले बुढीनन्दा नगरपालिका सहित बाजुरा शोकाकुल बनेको छ । छाउगोठमा निश्वासीएर एकै परिवारका तीन जनाको ज्यान गएको हो ।
![](https://everestwall.com/wp-content/uploads/2019/01/death-on-chhaugoth-at-bajura-1024x649.jpg)
प्रहरी नायब उपरिक्षक भाटले भनेका छन्–‘पुष महिनाको कठ्याङिग्रदो जाडो छल्नका लागि बोहोराले गोठमा आगो बालेको र गोठमा भएको धुवाँ बाहिर जान नसकेपछि निश्वासीएर दुई छोरा सहित आमाको पनि मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेका छ ।’
स्थानीय महेश कार्कीले भनेका छन्–‘गोठको सानो चुलोमा आगो बालीएको थियो र उनीहरुको खुट्टा तिरको भाग जलेको छ । घटनाको प्रकृति हेर्दा निश्वासीएरै मृत्य भएको हुन सक्छ ।’
छाउपडी प्रथा उन्मुलनको नाममा जिल्लामा बषौँ देखी गैर सरकरी संस्थाले करोडौँ लगानी गरेका छन् तर पनि उपलब्धी भने शुन्य छ ।
नागरिक अधिकारकर्मी सर्पलाल गिरीले भने–‘गत भदौ १ गते देखि लागु भएको मुलुकी देवानी संहिताले छाउपडी प्रथालाई दण्डनिय मानेको छ तर सरकारी तवरबाट छाउपडी जस्तो कुप्रथाको अन्त्य गर्न प्रभावकारी कमद नचालिदा नागरिकको धारणा पनि परिर्वतन हुन सकिरहेको छैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्