सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुबै मृगौला गुमाएकी प्रतिमालाई सहयोगको अपिल

दुबै मृगौला फेल भएर अस्पतालमा उपचार गराइरहेकी धनकुटाकी प्रतिमा राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छिन् । धनकुटा ७ साँगुरीगढी निवासी ३६ वर्षीया प्रतिमा दुई बर्षदेखि दुबै मृगौला फेल भएर धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमामा उपचार गराइरहेकी छिन् ।

आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रह गरेकी हुन् । प्रतिमालाई ९८१९३१७६०३ मा सम्पर्क गर्न सकिनेछ । घर खेत बेचेर उपचार गराइरहेकी प्रतिमाले आफ्नो उपचारका लागी कक्षा ९ मा अध्ययनरत आफ्नी छोरीको पढाई समेत रोक्न बाध्य हुनु परेको दुखेसो पोखेकी छिन् ।

डाइलासिस सेवा लिइरहे पनि उपचारमा संलग्न चिकित्सकले तत्काल मृगौला प्रत्यारोपण गर्न भनेको प्रतिमाले बताएकी छिन । मृगौला प्रत्यारोपण गरेपछि पनि उपचारका लागी ५÷७ लाख रुपैयाँ पैसा आवश्यक पर्ने प्रतिमाको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्