सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

आयो पुर्वराजा ज्ञानेन्द्रको विज्ञप्ती, दललाई झट्का

पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा एक विज्ञप्ती जारी गर्दै देश अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । उनले आफ्नो विज्ञप्तीमार्फत मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल पनि मडारिरहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

पृथ्बीनारायण शाहको २९७ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शुभकामना वक्तव्य जारी गर्दै पूर्व राजा शाहले ‘नेपाल चार बर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया’ भन्ने पृथ्बीनारायण शाहको दिव्य उपदेशको मर्म अनुरुप व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको निष्कर्ष निकालेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह

उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरंगना एवं सपूतहरुको उत्सर्ग कहिल्यै भूल्न नहुने उल्लेख गर्दै शुभकामना विज्ञप्तीमा अगाडि भनेका छन्–‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ ।’

विज्ञप्तीमा अगाडि भनिएको छ–‘एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै बाद र विचार हुन सक्दैन, नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने, अनुशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS