मंगलबार थप १७ जना कोरोना संक्रमित पुष्टि
बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई–दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
वीरेन्द्ररनगर नगरपालिका–१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।
यस्तै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका–४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् । उनीहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्