डडेलधुराको रिसोर्टमा २० बर्षिया युवती मृत
डडेलधुराको रिसोर्टमा २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । बुधबार अम्मरगढी नगरपालिका ८ स्थित रातोगुँरास रिसोर्टमा वडा नम्बर ७ की निर्मलाकुमारी बोहरा मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी बुधबार बिहान सात बजे रिसोर्टमा कोठा भाडामा लिएर बसेकी थिइन् । ‘बिहान सात बजेतिर रूम भाडामा लिएकी थिइन् । १० बजे तिर खानाको अर्डर लिन रिसेप्सनबाट फोन गर्दा उठेन,’ कार्यालयका प्रवक्ता इन्स्पेक्टर विरेन्द्र बोहराले भने, ‘फोन नउठेपछि रिसोर्टका कर्मचारी कोठामा बोलाउन गएका थिए ।

कोठाको ढोका खुल्लै भएको र भित्र हेर्दा झुण्डिएको अवस्थामा फेला परेको इन्स्पेक्टर बोहराले बताए । मृत भेटिएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । ‘कर्मचारीहरूले एक युवक पनि सँगै थिए भनेका छन्,’ उनले भने, ‘तर दाबीका साथ भन्न सकिएको छैन ।’
मृत्युको कारण थप अनुसन्धानपछि थाहा पाइने उनले बताए । युवतीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्