नेपालमा कोरोनाका कारण सातौँ व्यक्तिको मृत्यु
दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन् ।
तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो ।
शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो । भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । यद्यपी स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्