सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सल्यानमा पहिलोपटक एकैदिन २५ जना संक्रमित

सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ । सुर्खेत अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २५ जनामा कोरोना संक्रमण देखीएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको अनुसार संक्रमीत सबै बनगाड कुपिन्डे नगरपालिकाका हुन् । उनिहरु सबै ११ वर्ष देखि ६० वर्ष उमेर समुहका पुरुषहरू रहेका छन् ।

उनिहरु बनगाड कुपिण्डे नगरपालिका वडा नं. ( १, २, ३, ४, ६, ७ ) का रहेको सामाजिक बिकास मन्त्रालय, कर्णाली प्रदेशले जनाएको छ । शनिबार संक्रमण देखिएका सबै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्