सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुग्यो

नेपालमा पछिल्लो २४ घन्टामा १६६ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ । संक्रमितमध्ये २२० जना निको भएर घर फर्किएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय उन्चास जना रहेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् ।

कोरोनाका कारण हालसम्म्म नेपालमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्