रुकुम घटनाको अनुसन्धानमा प्रहरीको सिआइबी
रुकुमको चौरजहारी घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।
ब्युरो स्रोतका अनुसार घटनाको प्राविधिक पक्षको विश्लेषणका लागि ब्युरोको टोली रुकुम जान लागेको छ । जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए ।
त्यस क्रममा विकसहित ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन् । सोही घटनालाई लिएर अहिले संसददेखी सडकसम्म तातिरहेको छ । देशैभर नवराज विक लगायतका साथीहरुको हत्या भएको भन्दै बिरोध कार्यक्रमहरु भइरहेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्