सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

केपि ओलि निकट नेताहरुसंग प्रचण्डको छलफल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका छन् । बुधबार ललितपुरको एक होटेलमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाको रणनीतिअनुसार ओलीनिकट नेताहरुसँग बिहीबार बिहान छलफल भएको हो ।

बिहान ८.३० बजेदेखि सुरू भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ लगायत सहभागी छन् ।

Prachanda

छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत यो पक्षका केही स्थायी कमिटी सदस्य पनि छ्न । नेकपाको पछिल्लो शक्ति संघर्षलाई सकभर सहमतिमा टुंगोमा पु¥याउन दाहालले ओली समूहका नेताहरुसँग छलफल गरेका हु्न् । नेकपाको जारी स्थायी कमिटी बैठक बिहीबार पनि बस्दै छ ।

दाहाल नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका छ्न । तर ओलि दुवै पद नछाड्ने मनस्थितिमा छ्न् । ओली सहमतिमा नआए स्थायी कमिटीबाट बहुमतले ओलीलाई राजीनामा दिन लगाउने निर्णय गर्ने दाहाल लगायतका नेताको तयारी छ । बुधबार बिहान ओलीले पनि बालुवाटारमा दाहाल नेपाल समूहका नेतासँग छलफल गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्