जापानमा एउटा टापु नै गायव, थाहा पाएनन् गाउँलेले
जापानमा सिंगै एउटा टापू नै गायव भएको छ । एसान्वे हानाकिता कोजीमा नाम रहेको मानव बसोबास नभएको उक्त टापू समुन्द्रमुनि दबिएको हुनसक्ने विश्वास गरिएको छ । अनौठो कुरा त के छ भने एउटा सिंगो टापू अलप भइसक्दा पनि त्यो भन्दा ५०० मिटर मात्रै टाढा रहेको सरुफुत्सु गाँउका कसैले पनि यसको पत्तो भएन ।
एसान्वे सन् २०१४ मा जापानले नाम राखेका १५८ टापूहरुमध्ये एक हो । ती टापूहरुको नाम राख्नुको उदेश्य जापानले उक्त क्षेत्रमा आफ्नो भौगोलिक दावीलाई बलियो बनाउनु त थियो नै साथमा उसले उक्त क्षेत्रमा रहेको आफ्नो विशेष आर्थिक क्षेत्रको विस्तार गर्न खोजेको थियो ।
एशान्वे अनाकिता कोजिमा जापानको उत्तरी भू–भाग होक्काइदोको पश्चिमतर्फ रहेको भू–भाग हो । यो क्षेत्रमा विगतदेखि जापान र रुसको संयुक्त दाबी रहेकाले विवाद थियो । रुसमा यो क्षेत्रलाई कुरिल्स नाम दिएको छ । यो टापू दोस्रो विश्वयुद्धमा तत्कालीन सोभियत संघले जापानबाट कब्जा गरेको थियो ।
पछिल्लो समय इस्ट चाइना सीमा रहेको सेन्काकुरदइिआओयु टापूमाथि चीनसँग भौगोलिक दावीको विवाद निम्तिएपछि जापानले आफ्ना छेउछउमा रहेका टापूहरुलाई महत्व दिन थालेको छ ।
टापू हराएको कुरा नजिकको टापूमा बस्ने स्थानीयलाई तबमात्र थाहा भयो जब एक चित्र पुस्तकको सिक्वेल लेख्नको लागी उक्त क्षेत्रको भ्रमण गरेका लेखक शिरोशी शिमिजुले सरुफुत्सुको आएर यस कुराको अवगत गराए ।
उनले स्थानीय माछा व्यवसायीलाई यो कुरा बताएपछि उनीहरुले पहिले टापू भएको स्थानमा डुंगाहरु पठाएका थिए । तर त्यहाँ टापू साच्चै नै थिएन । बृद्ध माझीहरुले आफूहरुले दशकौंअघि उक्त स्थानमा टापू देखेको सम्झना गर्दै भने– ‘पछि न्याभिगेसन प्रणालीमा त्यसलाई पानीमुनिको रिफ भनेपछि वेवास्ता गर्न थालिएको’ बताए ।
जापानको तटिय–गार्डले पछिल्लोपटक सन् १९८७ मा सर्वेक्षण गर्दा यो पानिमाथि १.४ मिटरमात्र बाहिर निस्किएको बताएका थिए । त्यो बेला विज्ञहरुले हावा र प्रत्येक वर्ष हिउँदमा सी आफ ओखत्समा हुने हिंउको सराईले यस्तो भएको निष्कर्ष निकालेका थिए ।
अन्तराष्ट्रिय कानुनले टापूलाई ‘प्राकृतिक रुपमा निर्मित स्थल भू–भाग मान्छ जुन पानीले घेरिएको र पानीको उच्च छालमा पनि पानिमाथि नै देखिने हुनुपर्ने’ भन्छ । तटिय–गार्ड टापूको अबस्था बुझ्नको लागि त्यो क्षेत्रको भ्रमण गर्दैछ ।
यदि यो साँच्चै हराएको पुष्टि भएमा जापानको विशेष आर्थिक क्षेत्र आधा किमीले खुम्चिनेछ । अहिले गुगलको जिपिएस स्याटेलाईट नक्सामा पनि उक्त स्थान समुद्रको पानी भएको भुभागमा नै दखाउँछ ।
एजेन्सीको सहयोगमा
फेसबुकबाट कमेन्ट गर्नुहोस्