सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चुनाव लाग्यो, मेयरका आकांक्षिको खुट्टा फुटालियो

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको बेला बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी इश्वरदत्त भट्टमाथि बिहीबार राति सांघातिक कुटपिट भएको छ ।

गोठलापानीमा रहेको स्टार गेस्ट हाउसमा सुतिरहेका बेला राति ११ बजेतिर भट्टमाथि कुटपिट भएको कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेले जानकारी दिएका छन ।

कुटपिटबाट उनको शरीरमा चोट लागेको छ । देब्रे खुट्टाको पांग्रा फुटेर टुक्रा–टुक्रा भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ । शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्द लगायतले आक्रमण गरेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्