सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किन घाईतेको उपचार गरेनन मणिपालका डाक्टरले

मुक्तिनाथ दर्शन गरेर फर्कदैं गरेको बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जन बढि घाईते भएका छन । दुर्घटना लगत्तै नेपाली सेनाको हेलिकोप्टरले घाईतेलाई उपचारका लागि पोखराको मणीपाल अस्पताल लगेको थियो ।

आन्दोलनमा रहेको भन्दै मणिपालका चिकित्सकहरुले उपचारका गर्न नमानेपछि उपचारका लागि घाईतेहरुलाई अन्य अस्पतालमा लगिएको थियो । चिकित्सकहरुले मानवियता नदेखाएको भन्दै सर्वत्र आलोचना भएको छ ।

तीर्थ यात्री बोकेको ना ५ ख ६०६७ नम्बरको बस घुमाउरो र पहाडी बाटोमा अनियन्त्रित भई दिउँसो साढे १२ बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा दुर्घटनामा परेको हो । घाइतेहरुको पोखराका विभिन्न अस्पताल उपचार भईरहेको छ भने केहीलाई काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा परी ३ जनाको घटनास्थल मै र २ जनाको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेभध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्