सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मन्त्रिपरिषद बैठक राकेर प्रधानमन्त्री ओली निवासमा

पुर्वनिर्धारीत मन्त्रिपरिषद बैठक केहीबेरका लागि रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न ओली निवास बालकोट पुगेका छन् ।

संविधान संशोधन र स्थानीय निर्वाचन लगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद बठक अगावै विपक्षी दलका नेता केपी ओलीलाई भेटेर सहमति जुटाउन प्रधानमन्त्री बालकोटतिर लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

‘क्याबिनेट स्थगित भएको होइन,’ स्रोतले भन्यो, ‘बैठकअघि विपक्षी दलका नेतासँग छलफल गरेर सहमति जुटाउनुपर्ने भएकाले प्रधानमन्त्रीज्यु ओली निवासमा जानुभएको हो ।’

प्रधानमन्त्रीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारमा उपस्थित भईसकेका छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी पनि उपस्थित छन् ।

प्रधानमन्त्री दाहालले चुनाव दुई चरणमा गर्ने बिषयमा आजै निर्वाचन आयोगका पदाधिकारीसँग समेत छलफल गरिसकेका छन् । छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरु मतदाता नामावली, मतदाता परिचय पत्र र मतपत्र अहिलेकै कायम रहने सर्तमा दुई चरणमा चुनाव गर्न सहमत भएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्